खानेपानीको पाइपमा ढल मिसिएपछि हेर्नुस् (भिडियोसहित)

title
आइतवार, चैत्र २४, २०७५

श्रीकृष्ण सुवेदी । काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २८ बागबजार क्षेत्रको यो दृश्य । खानेपानी आउनुपर्ने पाइपमा केहि महिना यता यस्तै फोहोर र ढल मिसिएको लेदोयुक्त पानी निरन्तर आइरहेको छ ।

खानेपानी संस्थान अन्तर्गत् काठमाडोै उपत्यका खानेपानी लिमिटेडले वितरण गरिरहेको पानीमा गन्हाउने फोहोर आउन थालेपछि स्थानीयले पटक पटक संस्थान र हेल्लो सरकारमा समेत गुनासो गरे ।

तर अहिलेसम्म नत संस्थानले नै चासो दिएको छ न हेल्लो सरकारमा परेको गुनासो नै कसैले सुनेको छ । सचेतना अपनाउंदा अपनाउंदै पनि यो बीचमा पानी कै कारण धेरै स्थानीय बिरामी परेका छन् । पानी कै कारण धेरै बालबालीका तथा बृद्धबृद्धा विरामी परेको र अहिले पानीजन्य विरामीको संख्या थपीएको स्थानीयको भनाई छ ।

बागबजार क्षेत्रमा खानेपानीको धारमा फोहोर आउने समस्या नौलो भने हैन । तर, यसअघी धेरै पटक यस्तै समस्यासंग जुधेका स्थानीय अहिले भने तीन महिना यता लगातार पानीमा लेदो आईरहेकाले निकै समस्या परेको बताउछन् । धारामा शुद्ध पिउने पानी आउनुपर्नेमा फोहर मिसिएको गन्हाउने पानी आएपछि दैनीक सरसफाई तथा अन्य प्रयोजनका लागि समेत जारको पानी खपत गर्नुपर्ने बाध्यता श्रृजना भएको छ । चिकित्सकका अनुसार बागबजार क्षेत्रमा जडित् धारोमा आउने पोहोर पानीका कारण त्यसक्षेत्रमा महामारि फैलने सन्त्रास छ ।

खानेपानीको पाईपबाट ढल किन आईरहेको छ भन्ने गुनासो स्थानीयले वडा अध्यक्ष भाइराम खड्गीलाई समेत सुनाएका छन् । बागबजारका स्थायी वासिन्दा वडाध्यक्ष खड्गीले पनि खानेपानी संस्थान लगाएतका निकायमा पटक पटक लिखित् तथा मौखीक गुनासो गरेको तर समस्या समाधानमा कसैले चासो नदिएको बताए ।
बागबजार क्षेत्रमा देखिएको यस्तो समस्या समाधानमा खानेपानी मन्त्रालय के गरिरहेको छ त ? काठमाडौ उपत्यकाको पानी वितरण प्रणाली निकै अस्तव्यस्त छ ।

पिउने पानीका पाईप र ढलका पाईप एउटै खाल्डोबाट चलाएका कारण जमिनको सतह मुनीबाटै पानीको पाईपमा ढल मिसिने गरेको छ । तर यस्ता समस्या र संरचना सुधारका लागि न स्थानीय सरकारले चासो दिएको देखिन्छ न सेवाका नाममा पानीको व्यापार गरिरहेको निकायले नै वास्ता दिएको छ । यो त्यसैको परिणाम हो ।