खुश्बु ओलीले पाइन् एएफसी ड्रिम एसिया अवार्ड

title
बिहिबार, भदौ २८, २०७५

काठमाडौँ – असाहय बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी नेपालकी खुश्बु ओलीले एसियाली फुलब फेडेरेसनले प्रदान गर्ने एएफसी ड्रिम एसिया अवार्ड पाएकी छन् ।

आश्रय बिहीन बालबालिकालाई आश्रय दिँदै आएकी सेल्टर नेपालकी अध्यक्ष ओलीलाई एएफसीले सामाजिक उत्तरदायित्व अन्तर्गतको सम्मेलनको समारोहमा बुधबार एएफसी ड्रिम एसिया अवार्ड २०१८ प्रदान गरेको हो ।

ओलीसहित जुरिच मलेसिया र वर्ल्ड भिजन मलेसिया फाउन्डेसन तथा इन्डोचाइना स्टारफिस फाउन्डेसनले पनि एएफसी ड्रिम एसिया अवार्ड २०१८ पाएका हुन् । एएफसीले हरेक वर्ष तीन विधाअन्तर्गत व्यवसायिक, गैरसरकारी संस्था र व्यक्तिगत तर्फ यो अवार्ड प्रदान गर्दै आएको छ ।

खुश्बुले व्यक्तिगत तर्फको अवार्ड पाएकी हुन् । खुश्बुले अवार्डसँगै १० हजार अमेरिकी डलरसमेत प्राप्त गरेकी छन् । अघि अखिल नेपाल फुटबल संघ, एन्फाले खुश्बुलाई यो अवार्डका लागि एएफसीमा सिफारिस गरेको थियो ।