
खोटाङ— खोटाङको रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानी र केपिलासगढी गाउँपालिका–४ बाक्सिलाको सिमपानीस्थित सामुदायिक वनमा लागेको डढेलो नियन्त्रण बाहिर गएको छ ।
सामुदायीक वनमा लागेको डढेलो नियन्त्रण बाहिर गएपछि नजिकैको वस्ती जोखिममा परेको छ । धारापानीस्थित कालिका भगवती सामुदायिक वनमा शनिबार दिउँसोदेखि डढेलो सुरु भएको हो ।
साविक डुम्रेधारापानी–६ धारापानी वनबाट सुरु भएको डढेलो नियन्त्रण बाहिर गएपछि आतमारा, धैरेनीटार, मण्डलीछाप र कोटगाउँ जोखिममा परेको वडाध्यक्ष ज्ञानबहादुर पाण्डेले बताए । निभाउनका लागि नजिक जान सक्ने अवस्था नभएकाले डढेलोले क्रमशः भिषण आकार लिएको छ ।
डढेलो नियन्त्रणका लागि स्थानीयले जिल्ला प्रहरी कार्यालय खोटाङलाई जानकारी गराइसकेका छन् । बस्तीमा डढेलो पस्न नदिन स्थानीय प्रहरी चौकीबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।