खोलाकाे पानी डाँडामा : लिफ्टबाट तानेर गाउँभर खानेपानी वितरण

title
शनिबार, जेष्ठ ११, २०७६

सिन्धुली :  सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बलेनिका ७५ घरलाई लिफ्ट प्रणालीमार्फत् खानेपानी वितरण गरिएको छ । सुनकोशी नदीको पानी लिफ्टबाट तानेर बलेनीका वासिन्दालाई वितरण गरिएको हो ।

गोलन्जोर गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ मा छुट्याएको रु २५ लाखले लिफ्ट निर्माण गरिएको हो । थ्री एचपीको मोटरबाट तानिएको पानी एक लाख आठ हजार घनमिटरको ट्याङ्कीमा जम्मा गरेर अहिले खोनपानी वितरण गरिएको छ ।

एक घर एक धारा सरकारको लक्ष्यअनुरुप त्यस क्षेत्रमा खानेपानी वितरण गरिएको गोलन्जोर गाउँपालिका–६ का वडाध्यक्ष पुरुषोत्तम श्रेष्ठले जानकारी दिए। गोर्खा भूकम्पले खानेपानीको मुहान सुक्दा खानेपानीको हाहाकार भएको स्थानीय गोपाल मङ्ग्रातीको भनाई छ ।

२०७२ साल एता बलेनीका स्थानीय खानेपानीकाे चरम अभावमा जीवन गुजारा गर्दै आएका थिए । खानेपानी पुगेसँगै स्थानीयमा खुशीयाली छाएको छ ।