खोलाले वगाएर दुई जनाको मृत्यु, एक जना खोलामा वेपत्ता

title
बुधबार, भदौ ६, २०७५

बद्री पन्त/जाजरकोट । जाजरकोटमा खोलाले वगाएर दुई जनाको मृत्यु भएको छ भने एक जना खोलामा वेपत्ता भएका छन् ।

मृत्यु हुनेमा जिल्लाको जुनिचाँदे गाउँपालिका–४, लुहादहका ६ वर्षीय महेश चदाराको कोर्ताङ्को बडा खोलाले बगाएर मृत्यु भएको हो ।

भेरी नगरपालिका– १ डौरीकाँडाकी १५ वर्षीया पुष्पा चदाराको मिलमा मकै पिस्न जाने क्रममा दारखोलाले बगाएर मृत्यु भएको भने बारेकोट गाउँपालिका ५, घाट नजिकैको भीरवाट लडेर घाट खोलामा बगेर जुम्ला तातोपानी गाउँपालिका ४, का अम्बर रावत वेपत्ता भएको जाजरकोट प्रहरीले जनाएको छ ।

रावत कुम्ले कपडाको व्यापारी भएको प्रहरीले जनाएको छ ।