गंगामायाकाे ४६ औं दिनमा अनसन स्थगित

title
शनिबार, असार ३०, २०७५

काठमाडौं । छोराको हत्यारालाई कारवाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनसनमा बस्नुभएकी गोरखा फुजेलकी गंगामाया अधिकारीले ४६ औं दिनमा अनसन स्थगित गरेकी छन ।

छोरा कृष्णप्रसादको हत्यारालाई कार्बाही गर्ने प्रतिबद्धता समेटिएको कानुनमन्त्रीको पत्र प्राप्त भएपछि गंगामायाले अनसन स्थगित गरेकी हुन ।

उनलाई राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले जुस खुवाएर अनसन स्थगित गराएका हुन ।

गंगामायाको अनसनमै रहंदा गत आइतबार कृष्णप्रसादकै हत्या अभियुक्त छविलाल पौडेल सर्बाेच्च अदालतमा आत्मसमर्पणपछि पुर्पक्षका लागि डिल्लिबजार कारागारमा रहिरहदा गंगामायाको अनसन स्थगित भएको हो ।

लामो समयसम्म सर्वोच्चको फैसला कार्यान्वयन नभएपछि मृतक कृष्णप्रसादकी आमा गंगामाया अधिकारी १५ जेठदेखि वीर अस्पतालमा आमरण अनशन बसेकी थिइन ।