‘गङनम स्टाइल’का गायक नेपाल आउँदै

title
शुक्रबार, कार्तिक ३०, २०७५

काठमाडौं । ग्याङनम स्टाइल’ बोलको गीतले एक समय चर्चामा आएका गायक पीयसवाई कोरियन ब्याण्डसँगै नेपाल आउने भएका छन् । नेपाल र कोरियाको ४५ वर्षको कुटनितीक सम्बन्धको अवसरमा उनी नेपालमा प्रस्तुती दिन आउन लागेका हुन् ।

‘पीयसवाई एण्ड के–पप इन काठमाडौं’ कार्यक्रममा उनीहरुले प्रस्तुती दिने आयोजकले जनाएको छ । पीयसवाई कोरियन गायक अनि ¥यापर हुन् । उनी गीत पनि लेख्छन् ।

उनले डिसेम्बर १५ तारिखमा खुमलटारस्थित सातदोबाटोको रेडियो ग्राउण्डमा हुने ‘पीएसवाई विथ के पप लाइभ इन नेपाल’ कन्सर्टमा आफनो प्रस्तुती देखाउने छन् ।

यस कार्यक्रमको अवधी ५ घण्टा रहेको छ भने यो कार्यक्रममा पीएसवाईलाई नेपालका चर्चित पप गायक दीपक बजार्चायले पनि साथ दिने छन् ।

पछिल्लो समयमा उनको ‘मनमगन’ गीतले बजार निकै तताइरहेको छ । यो गीत नेपाली भाषामा मात्र नभई हिन्दी भाषामा समेत रिमेक गरिएको छ ।

कन्सर्टमा बज्राचार्यले नेपाली भेषभुषा र नेपाली मौलिक बाजाहरुलाई समेटेर आफ्नो ब्याण्ड सहितको प्रस्तुती दिनेछन् । कन्सर्टमा पीएसवाई र दीपकसँगै कोरियाका चर्चित ब्याण्ड बीएपी, एसएफ नाइन, एओए, मेमोल्याण्ड, बेरी गुड, बड्किजले आफ्नो प्रस्तुती राख्नेछन् ।