गजुरी बजारबाट ३ सय ६० केजी चरेस सहित प्रहरीले दुई जनालाई पक्राउ

title
आइतवार, माघ २७, २०७५

सृजना लम्साल /धादिङ । धादिङको गजुरी बजारबाट ३ सय ६० केजी चसेर सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

लागुऔषध ब्युरोबाट खटी आएको प्रहरी टोलीले विशेष सुराकीको आधारमा प्रहरी चेक जाँचको क्रममा गजुरीमा पक्राउ गरेको हो । काठमाडौंबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा गजुरीमा चेकजाँच गर्दा एस आर ५५ एम ९४८४ नम्बरको को भारतीय कन्टेनरमा सो परिमाणको चरेस बरामद गरिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।

चरेससँगै भारत मैनपुरीस्थित सुरवली थाना उत्तरप्रदेशका ६४ वर्षीय ओम प्रकाश र भारत मोतिहारीस्थित तुमरीय टोल रक्सोलका ३४ वर्षीय गुलाफ खान पक्राउ परेका छन ।