गण्डकी प्रदेशका मुख्यमन्त्रीको चिन्ता: ओलीको बोली जहिले उल्टो

title
बुधबार, अशोज १७, २०७५

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रधानमन्त्री केपी ओलीले जे बोले पनि उल्टो हुने गरेको बताएका छन् ।

चीन भ्रमणबाट फर्किएका गुरुङले भने, ‘चिनियाँ राष्ट्रपति सिजिन पिङ जनताको घरघर पुगेका छन्, जे बोले पनि कानुन हुन्छ, हाम्रा प्रधानमन्त्रीले जे बोले पनि उल्टो हुन्छ, जनताले पत्याउन छाडेका छन्, हाँसेर उडाउन छाडेका छन् ।’

नागरिक दैनिकका अनुसार, मुख्यमन्त्री गुरुङले चीनले गरेको विकासबारे प्रशंसा गरेका थिए ।