गण्डकी प्रदेशको खेलकुद कार्यदलले बुझायो प्रतिबेदन

title
बुधबार, साउन १६, २०७५

कास्की । गण्डकी प्रदेशको खेलकुद सम्भाव्यता अध्ययनका लागि गठित कार्यदलले गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेबी पुन समक्ष आफ्नो प्रतिबेदन बुझाएको छ । मन्त्रालयमा मंगलबार आयोजित एक कार्यक्रमबीच प्रतिबेदन बुझ्दै मन्त्रि नरदेबी पूनले गण्डकी प्रदेशलाई शैक्षिक, स्वास्थ्य, खेलकुद र सास्कृतिक हब बनाउने योजनाका साथ काम अघि बढेको बताएकी छन् ।

मन्त्री नर देबि पुनले शैक्षिक, स्वास्थ्य, खेलकुद र सांस्कृतिक हब बनाउन योजनालाई मुर्त रुप दिन गठित कार्यदल मध्ये खेलकुद र स्वास्थ्यका लागि सम्भव्यता अध्ययन कार्यदलले प्रतिवेदन बुझाएकोमा अभार प्रकट गर्दै उनले अहिले धेरै सामाजिक क्षेत्रका संस्थाहरु स्वास्थ्य लगायत अन्य क्षेत्रको बिकासका लागि अन्तर्राष्ट्रिय सहयोगका लागि समेत अगाडी आएको बताइन् ।

कार्यदलले बुझाएको प्रतिबेदन गण्डकी प्रदेश मन्त्रिपरिषदको बैठकमा समेत प्रस्तुत गर्न कार्यदललाई उनले आग्रह गरेकी छन् । सो अबसरमा गण्डकी प्रदेशका सांसद दिपक कोइरालाले कार्यदलले प्रदेश सरकारको भावना अनुसार काम गरेकोमा बधाइ दिंदै खेलकुद सम्भव्यता अध्ययनका लागि नवलपुरको समथर भूमीदेखि मुस्ताङसम्मको उच्च भुगोलमा अध्ययन गरि खेलकुद विकासका सम्भव्यता अध्ययन गरी प्रतिबेदन बुझाएकोमा प्रशंसा समेत व्यक्त गरे । खेलुकद मेडल थाप्नका लागि मात्रै नभई यसको व्यवसायकिकरण हुन सके प्रदेशको आर्थिक समृद्धीले गति लिन सक्ने सांसद कोइरालाले बताए ।

प्रदेश सरकारले प्रदेशमा अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला र गल्फ कोर्षको निर्माण, एकिकृत खेलकुद एकेडेमीको निर्माण, सुविधा सम्पन्न अन्तर्राष्ट्रिय स्तरको वहुउपयोगी खेल मैदानको निर्माण, हाइ अल्टिच्युट खेल मैदानको पूर्वसम्भाव्यता अध्ययन र एक स्थानीय तहमा एक खेल मैदानको कार्यविधी निर्माण जस्ता पाँच वटा विषयमा कार्यदलले अध्ययन गरेको हो । उक्त अध्ययन प्रतिवेदन सम्वन्धित मन्त्रालयलाई बुझाइए पनि सार्वजनिक भने गरिएको छैन । प्रदेश सरकारले मुल्याकंन गरेपछि मात्रै सार्वजनिक गरिनेछ ।

विश्वकै दश उत्कृष्ट मध्ये एक पोखराको हिमालय गल्फ कोर्षलाई ‘पिपिपि मोडेल’मा बिकास गर्ने प्रयाप्त सम्भावना रहेको र यसका लागि अन्य चार स्थानको समेत अध्ययन गरिएको बताइएको छ । त्यस्तै ‘क्रिकेटका लागि प्रदेशका सात ठाँउहरुमा अध्ययन गरिएको जनाइएको छ । कार्यदलले गण्डकी प्रदेशमा सुविधा सम्पन्न एकिकृत खेलकुद निर्माण गर्ने संगै एकेडेमीलाई खेलकुद आधुनिक प्रशिक्षण थलोको रुपमा बिकासका रुपमा अगाडी बढाउन सक्ने गरि अध्ययन भएको जनाएको छ ।