‘गलत कामको अवज्ञा गर्न आह्वान’

title
शुक्रबार, मंसिर १४, २०७५

जोर–बिजोर प्रणालीले सर्वसाधारणलाई सास्ती

काठमाडौं । सरकारले उपत्यकामा चल्ने सवारीसाधनमा बिहीबारबाट लागू गरेको जोर–बिजोर प्रणालीका कारण यात्रुले निकै सास्ती खेप्नुपरेको छ । अन्य दिनभन्दा आधा मात्रै सार्वजनिक यातायातका साधन सञ्चालन हुँदा समयमै कार्यालय पुग्नुपर्ने कर्मचारी, अस्पताल जान हिँडेका बिरामी, कलेजबाट फर्केका विद्यार्थी, मन्दिर हिँडेका तीर्थयात्रीलगायत अन्य सर्वसाधारण कष्टकर यात्रा गर्न बाध्य भएको छन् ।

आजबाट शुरू हने एशिया प्यासीफिक समिटका लागि सरकारले सवारी साधन व्यवस्थापनका लागि जोर विजोर लागू गरेको हो ।  यसैबीच, एसिया प्यासिफिकको बरोधमा प्रदर्शन भएको छ । काठमाडौँको माइतीघरमा भेला भएका स्वतन्त्र युवाहरुको एक समुहले एशिया प्यासीफिक समिटको बिरोध गरेका हुन् ।

युवाहरुले विश्व भरि धर्म परिवर्तन गराउने संस्थाको रुपमा बदनाम भएको गैर सरकारी संस्थाको कार्यक्रमलाई सहयोग गरेको भन्दै सरकारको कामको बिरोध पनि गरे । माइतीघरमा भएको प्रदर्शनमा युवाहरुले सवारी संचालनमा जोर बिजोर प्रणाली लागु गरेर जनतालाई दुख दिएको भन्दै नाराबाजी समेत गरे । माइतीघरको प्रदर्शनमा उत्रेका केहि प्रदर्शनकारिलाई प्रहरीले पक्राउ गरेको छ ।

यता नेपाली कांग्रेसका सांसद गगन थापाले काठमाडौं उपत्यकामा हिजोबाट सवारी साधनमा लागु भएको जोर बिजोर प्रणालीको अवज्ञा गर्न आह्वान गर्नुभएको छ । सामाजिक सञ्जाल ट्वीटरमा युथ कांग्रेस नेपाल नामक एक संस्थाले पोष्ट गरेको विज्ञप्ति रिट्वीट गर्दै सांसद थापाले धर्मान्तरणका लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सरकारको निर्णय खेदजनक भएको भन्दै सरकारको गलत कामको अवज्ञा गर्न आह्वान गर्नुभएको हो ।