गाउँपालिकाको निर्णयः गाँजा लगाए सुविधा नपाइने

title
शनिबार, भदौ २, २०७५

हेटौंडा – मकवानपुरका दुई गाउँपालिकाले गाँजा खेती गर्ने व्यक्तिलाई कुनै पनि प्रकारको सेवा सुविधा उपलब्ध नगराउने निर्णय गरेको छ ।

‘गाँजा खेती गर्ने कृषकलाई वडा कार्यालय र गाउँपालिकाले कुनै पनि सिफारिस र सेवा सुविधा उपलब्ध गराउने छैन ।’, कैलाश गाउँपालिका अध्यक्ष टंक मोक्तानले भने, ‘गाँजा र अफिम खेती निरुत्साहित गरी पूर्ण रुपमा विस्थापित गर्न यस्तो निर्णय गरेका हौँ । ‘

त्यस्तै राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले गाउँबाट गाँजा र अफिम खेती विस्थापित गरिने बताए ।

समाचार अनुसार, जिल्लाका पश्चिमी क्षेत्रका यी दुई गाउँपालिकामा गाँजा र अफिम उत्पादन अत्याधिक हुन्छ । याे खबर आजको कान्तिपुर दैनिकमा छ ।