गाजामा इजरेली हमला

title
आइतवार, असार ३१, २०७५

एजेन्सी । इजरायलले गाजा क्षेत्रमा रकेट आक्रमण गर्दा दुई जना मारिएका छन् ।

आक्रमणमा अरु १२ जना घाइते भएका छन् । गाजा क्षेत्रबाट प्यालेष्टाइनीले ९० भन्दा बढी रकेट प्रहार गरेपछी इजरायलले जवाफी कारबाही गरेको हो ।

हमासको सैनिक मुख्यालय र प्रशिक्षण केन्द्रलाई निशाना बनाइएको इजरायली सेनाले बताएको छ । सन् २०१४ पछी इजरायलले प्यालेष्टाइनी क्षेत्रमा गरेको यो सबैभन्दा ठूलो कारबाही हो ।

यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले प्यालेष्टाइनीमाथि आक्रमण जारी नै रहने प्रतिक्रिया दिएका छन् ।