गुठी विधेयक खारेजीको माग गर्दै काठमाडौंमा उर्लियो जनसागर

title
बुधबार, असार ४, २०७६

काठमाडौँ । सरकारले सरोकालवालाहरुसँग छलफल नै नगरी गुठी विधेयक ल्याएको र नेवार सभ्यता नै विस्थापित गर्न खोजेको भन्दै काठमाडौको माइतिघरमा प्रदर्शन भएको छ ।

मंगलवार सरकारले गुठी विधेयक फिर्ता लिने निर्णय गरेपनि सरकारलाई खवरदारी गराउन भनेर सरोकारवालाहरुले आज माइतीघरमा विशाल खबरदारी सभा कार्यक्रम आयोजना गरेका छन् । १०० भन्दा बढी नेवार संघसंस्थाको संयुक्त आयोजनामा गुठी विधेयक संयुक्त प्रतिरोध कार्यक्रम गरेको हो ।

उपत्यकाका तीनै जिल्ला र हेटौंडा, पोखरा, बनेपा, पनौतीलगायतका स्थानबाट हजारौंको संख्यामा मानिसहरु बाजाजागा सहित माइतीघर पुगेका छन् । सहभागीले गुठी विधेयक खारेजीको मागसमेत गरेका छन् ।

उपस्थित सहभागीले विधेयक फिर्ता लिएको नाममा झुक्याउन खोज्ने भएकाले ’फिर्ता हैन, खारेज नै हुनुपर्ने’ माग राखेका छन् । सरकारले विधेयक फिर्ता लिएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण र भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले जारी गरेको प्रेस विज्ञप्तीको भाषामा आन्दोलनकारीहरुले आपत्ति जनाएका छन्