गुठी विधेकविरुद्ध सत्तापक्ष-प्रतिपक्षी सांसद एकठाउँ : संविधान अनुकुल भन्दै मन्त्री अर्याल बचाउमा

title
सोमवार, जेष्ठ २७, २०७६

काठमाडौं : सरकारले संसदमा गुठीको जग्गा व्यक्तिको नाममा सार्न मिल्ने तथा निजी गुरुठी सर्वजनिक गर्ने  प्रावधानसहित ससदमा गुठी विधेयक लगेको छ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले सुंसदमा लगेको विधेयकमा स्वयं नेकपाकै सांसद र नेताहरुकोसमेत सहमति रहेको छैन।

नेकपा नेताहरुले विधेयकसँगसँगै विधेयक विरुद्धको प्रदर्शनमा भएको दमनको विरोध गरेका छन्। ‘आईतबार गुठी विधेयक खारेज गर्न माग गर्दै काठमाडौंको माईतीघर मण्डलमा प्रर्दशन गरिरहेकामाथि प्रहरीले गरेको पानीको फोहोरासहितको धरपक्कड आपत्तिजनक छ,’ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता अग्नीप्रसाद सापकोटाले भने, ‘चौतर्फि विरोध भएको विधेयक राजनीतिक सहमति जुटाएर मात्रै अघि बढाउन म सरकारको ध्यानाकर्षण गर्छु।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसले त विधेक संविधानको भावना विपरित भएको र धर्म, संस्कृति र परम्परा विपरित भओएको भन्दै फिर्ता लिन माग गरिसकेको छ। कांग्रेसले त शान्तिपूर्ण आन्दोलनमा भएको हस्ताक्षेपको निन्दामात्र गरेको छैन दमनमा सहभागि प्रहरीको पनि छानविन गरेर कार्वाही गर्न माग गरेको छ। विधेयककै विरुद्धमा सोमबार कांग्रेसले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ।

तर, गुठी विधेयक ल्याउने सरकारकी विभागीय मन्त्री पद्मा अर्यालले भने विधेयक संविधान अनुकुलन नै रहेको दावी गर्दै त्यसलाई संसदभित्र मात्र छलफल गर्न सकिने बताएको छन्। भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री अर्यालले नेपालको धर्म, संस्कृति, परम्परा र मौलिकतालाई जोगाउने गरी नै गुठी विधेयक ल्याइएको दावी गरेकी छन्।

‘गुठी विधेयक संविधानको प्रतिकूल होइन, अनुकूल नै छ, शङ्का नगरौँ,  अझै राम्रो कसरी बनाउन सकिन्छ भन्नेबारे छलफल गर्न सकिन्छ,’ राष्ट्रिय सभाको आजको बैठकमा मन्त्री अर्यालले भनिन्, ‘गुठीबारे एकरुपता ल्याउनका लागि प्राधिकरणको विषयसमेत विधेयकमा ल्याइएको छ।’ निजी गुठीलाई सार्वजनिक बनाउन सकिने तर सार्वजनिक गुठीलाई बनाउनै सकिँदैन भन्दै उनले गुठी विधेयकबारे आशंका गर्नुपर्ने कारण नरहेको बताइन्।

त्यस अघि प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदले बैठक शुरु हुनासाथ उठेर बैंठक अवरोध गरेका थिए। नेवा राजनीतिक अभियान तथा नेवा गुठी संघसंस्थाले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ खारेज गर्नुपर्ने माग गर्दै आइतबार माइतीघरमण्डलमा गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरी प्रशासनले धरपकड तथा लाठ्ठी प्रहार गरेको भन्दै सो विषयमा सरकारसँग स्पष्ट जवाफको माग गर्दै सांसदले बैठकमा अवरोध गरेका थिए। घटनाबारे गृहमन्त्रीले नै सभामा जवाफ दिने आश्वासन पाएपछि बैठक शुरु भएको थियो। बैठकमा कांग्रेस सांसद राधेश्याम अधिकारीले गुठी विधेयक सामान्य विषय नभएको भन्दै सांसदका भनाईको समेत सुनुवाई नहुने कस्तो व्यवस्था हो भन्दै आपत्ति जनाएका थिए।