गुडिरहेको बसमा आगलागी

title
शनिबार, चैत्र २, २०७५

डिलबहादुर खत्री, सुर्खेत ।  वीरेन्द्रनगरदेखि कालिकोट जाँदै गरेको बसमा आगलागि भएको छ ।

शनिवार दिउँसो कर्णाली यातायातको बा ४ ख ८७८ नम्वरको बसमा विद्युत सर्ट भएर आगलागी भएको जनाईएको छ । समयमै यात्रुहरु झरेका कारण मानविय क्षति नभएको प्रहरीले जनाएको छ ।

दिउँसो १२ बजे कर्णाली राजमार्गको बराहताल गाउँपालिकाको हुड्केमा आगलागी भएको सुर्खेतका प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रदीपबहादुर क्षेत्रीले बताउनु भयो ।

घटनास्थलमा अनुसन्धान भईरहेको प्रहरीले जनाईएकोछ ।