‘गुनगुन’बाट सञ्चिताको पुनरागमन

title
आइतवार, भदौ २४, २०७५

काठमाडौं । लामो समयदेखि नेपाली चलचित्रमा योगदान पु¥याउँदै आएकी पुरानी अभिनेत्री हुन्– सञ्चिता लुइँटेल । एकताका दर्शकको मन मस्तिष्कमा बस्न सफल सञ्चिता निखिलसँगको विहेपश्चात चलचित्रबाट केही समय टाढा भइन् । बालबच्चाकी आमा भएपछि चलचित्रमा समय दिन पनि उनी फुर्सद भएन सायद । त्यसैले लामो समयसम्म चलचित्रबाट टाढा रहिन् ।

अहिले पुनः उनी नेपाली चलचित्र गुनगुनमार्फत दर्शकमाझ आउन लागेकी छिन् । लामो समयपछि पर्दामा फर्किन लागेकी अभिनेत्री संचिता स्टारर फिल्म ‘गुनगुन’ को अफिसियल टिजर सार्वजनि भएको छ । टीजरमा प्रेम र द्वन्द्वको समिश्रण छ । सामाजिक र पारिवारिक कथामा सञ्चिताको भूमिकालाई दर्शकले रुचाउने गरेका छन् ।

कात्तिक ३० गतेलाई प्रदर्शन मिति घोषणा गरिएको यस फिल्मलाई पुकार भट्टराईले निर्देशन गरेका हुन् । प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको फिल्ममा संचिताका अलावा रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाललगायतको अभिनय रहेको छ । फिल्ममा हिमाल केसीको द्वन्द्व, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायांकन रहेको छ । अस्ट्रेलियामा सेप्टेम्बर ३० मा वल्ड प्रिमियर हुने प्रेम कथामा आधारित ‘गुनगुन’ले भरपुर मनोरञ्जन दिने निर्माण युनिटको भनाइ छ ।

यता समकालीन नायिका निरुता सिंह पनि हालै प्रदर्शनरत नाइ नभन्नू ल–५ मार्फत नेपाली चलचित्रमा पुनरागमन गरेकी हुन् । उनले दर्शकको साथ पाइन् । उनको पुनरागम एक हिसाबले सुखद् नै सावित भयो किनकी चलचित्रका उनको भूमिका अत्यन्त छोटो छ । भूमिका सानो भएपनि उनले अभिनयलाई न्याय दिलाएकी छिन् । अक सञ्चिताको पुनरागमन कस्तो रहने हो ? त्यो भने प्रतीक्षाको विषय बनेको छ ।