गोंगबुबाट दुई दिनअघि वेपत्ता भएका बालकको शव झोलामा भेटियो

title
बिहिबार, मंसिर १३, २०७५

काठमाडौं । काठमाडौंको गोंगबुमा ८ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । दुई दिनअघि बेपत्ता भएका बालक प्रयास कुँवरको अपहरणपछि हत्या भएको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार बालकको शव म्हेपीमा भेटिएको हो ।

बुबा प्रवीणले सञ्चालन गरेको स्वस्तिका त्रिवेणी गेस्ट हाउसबाट बेपत्ता भएका उनको बिहीबार झोलामा पोको पारेको अवस्थामा  शव भेटिएको हो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा होटल सञ्चालकका ड्राइभरका रूपमा रहेका स्याङ्जाका महेन्द्र सार्कीलाइ पक्राउ गरेको छ ।