गोक्यो तालमा बेपत्ता दुई जना अझै भेटिएनन्, गोताखोर टोली फर्कियो

title
आइतवार, साउन २७, २०७५

सोलुखुम्बु । सोलुखुम्बुको गोक्यो हिमतालमा बेपत्ता भएका ज्ञतीन विद्यार्थीमध्ये एक जनाको शव भेटिए पनि बाँकी दुई जना अझै भेटिएका छैनन् ।

हिमतालमा पानी धमिलो हुनुका साथै मौसम मौसम प्रतिकूल भएकाले खोजी गर्न कठिन भएपछि शनिबार गोताखोर टोली शनिबार फर्किएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ।

चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी बलको गोताखोर टोली बेपत्ता विद्यार्थी खोजीका लागि सोलुखुम्बु गएको थियो । बेपत्ताको खोजी गर्ने क्रममा शुक्रबार एक जना गोताखोर घाइतेसमेत भएका थिए ।

यही साउन १९ गते शनिबार शैक्षिक भ्रमणमा गएका खुम्जुङ माध्यमिक विद्यालय खुम्बु पासाङल्हामु–४ का पेम्बा दोर्जे शेर्पा, पेम्बा नुरु शेर्पा र सुनील बराइली हिमतालमा डुबेर बेपत्ता भएका थिए। चार दिनदेखि खोजीमा खटिएको गोताखोर टोलीले बुधबार पेम्बानुरु शेर्पाको शव फेला पारेको थियो। तर बाँकी दुई जनाको अवस्था भने अझै पत्ता लागेको छैन।