गोक्यो हिमतालमा हेर्दा हेर्दै यसरी बेपत्ता बने तीन विद्यार्थी (भिडियोसहित)

title
बिहिबार, साउन २४, २०७५

सोलुखुम्बु । साउन १८ गते शैक्षिक भ्रमणमा हिडेका खुम्जुङ माध्यमिक विद्यालयका ३ जना विद्यार्थी १९ गते विहान गोक्यो हिमतालमा डुबेर बेपत्ता भए । शैक्षिक भ्रमणका लागि भन्दै खुम्बु पासाङ ल्हामु गाउँपालिकामा रहेको गोक्यो हिमतालमा पुगेका थिए । बेपत्ता हुनेहरुमा पेम्बा दोर्जी शेर्पा, सुनिल बराइली र पेम्बा नुरु शेर्पा छन् । उनिहरु तालमा पौडी खेल्ने क्रममा वेपत्ता बनेका हुन् ।