गोली चलाएर धनुषामा सुन चाँदी र पैसा लुटियो

title
शुक्रबार, साउन २५, २०७५

धनुषा । धनुषामा लुटेराले गोली चलाउँदा एकजना घाइते भएका छन् । मिथिला नगरपालिका ८ जम्मुनिवास चोकमा बिहीबार राति लुटेराले प्रहार गरेको गोली लागेर स्थानीय ३८ वर्षीय पुष्पलाल श्रेष्ठ घाइते भएका प्रहरीले जानकारी दिएको छ । उनको कम्मरमुनि दुईवटा गोली लागेको छ । जनकपुर अञ्चल अस्पातलमा उपचार हुन नसकेपछि श्रेष्ठलाई थप उपचारको लागि काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा पठाउने तयारी भइरहेको छ ।
लुटेराको समूहले श्रेष्ठको घरको साढे ६ तोला सुन, १५ तोला चाँदी र साढे २ लाख ५० नगद लिएर भागेका छन् । लुटेराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।