गौचनलाई गोली हान्ने मुख्य सुटरसहित ३ पक्राउ

title
मङ्लबार, कार्तिक १३, २०७५

काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याका मुख्य सुटर अमरबहादुर राणासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरिय अपराध महाशाखाको टोलीले उनीहरुलाई भारतको सिक्कीमबाट पक्राउ गरेको हो ।

मुख्य सुटर राणा सहित झपा बिर्तामोड ५ का लोप्साङ भनिने सोम तामाङ र काठमाडौं नागार्जुन ४ का रोशन बुढाथोकीलाई पक्राउ गरेको हो । उदयपुर रौता – ५ का राणा भने नेपाली सेनाका भगौडा रहेको खुलेको छ । गौचनको २३ असोज २०७४ मा राजधानीको शान्तिनगरमा आफ्नै गाडीमा सवार रहेको बेला गोली हानी हत्या गरिएको थियो ।

गौचन हत्याका मुख्य योजनाकार समिरमासिंह बस्नेत भने कारागारमा रहेका छन् । पक्राउ परेका तीनै जनालार्इ प्रहरीले साेमबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेकाे हाे ।