गौराको गौरवमा रमाए राष्ट्रिय कलाकार (भिडियो सहित)

title
मङ्लबार, भदौ १९, २०७५

शेरबहादुर देउवा र भीम रावलसँगै देउडा नाचिन् नायिका पूजा शर्माले

काठमाडौं । सुदूर र मध्यपश्चिमका बासिन्दाले मनाउन गौरा पर्व सोमबार राजधानीको टुडिखेलमा भव्यरुपमा मनाइँयो । गौरा कार्यक्रममा काठमाडौंमा रहेका सुदूर तथा मध्यपश्चिमका बासिन्दाहरुको बाक्लो उपस्थिति रहेको थियो । पूर्व प्रधानमन्त्रीदेखि मन्त्रीहरुको उपस्थित रहेको कार्यक्रमा राष्ट्रिय कलाकार समेत पुगेका थिए ।

देउडा संस्कृतिको उद्गम थलो सुदूर तथा मध्यपश्चिमको पहिचान नै देउडा बन्न पुगेको अवस्थामा सोमबार काठमाडौंमा प्रसंसा संरक्षण समूहद्वारा गौरा पर्व–२०७५ को विशेष कार्यक्रमको आयोजना गरिएको हो । औपचारिक कार्यक्रमकै बीचमा कलाकारको टोली स्टेजमा पुग्दा उपस्थित दर्शकहरुको हो–हल्ला र हुटिङले माहोल थप रोमाञ्चक बनेको थियो ।

कार्यक्रममा कलाकारहरु नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, हास्य कलाकारद्वय जितु नेपाल र राजाराम पौडेल लगायत थिए । उनीहरुले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले नेता भीम रावल लगायतका नेताहरुसँगै देउडा खेलेर रमाइलो गरे ।

त्यसो त यी कलाकारहरु न त सुदूर पश्चिमका हुन् न मध्यपश्चिमका नै । उनीहरुलाई देउडा संस्कृतिले तानेको आभाष हुन्थ्यो । उनीहरुले जानी–नजानी देउडाको भाका र तालमा ताल मिलाउँदा माहोल थप रोमाञ्चक बनेको थियो ।