
काठमडाौं। काठमाडौं महानगरपालिकाले अतिक्रमित संरचना हटाउने क्रममा अवरोध सिर्जना भएको छ । गौशाला क्षेत्रको अतिक्रमित संरचनामा महानगरले डोजर चलाएपछि शुक्रवार तनावको स्थिती सिर्जना भएको हो ।
अतिक्रमति संरचना हटाउनका लागि महानगरले डोजर चलाउने क्रममा अवरोधको प्रयास भएपछि प्रहरीले अभियन्ता सुमन सायमिसहित चार जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनीहरुलाई प्रहरी वृत्त गौशालामा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका संरचनाहरुमा डोजर चलाइएको महानगरपालिकाले जनाएको छ ।