ग्याँस खानी अलपत्र

title
मङ्लबार, मंसिर ४, २०७५

काठमाडौको । जमिनमुनी ३१ करोड घनमिटर मिथेन ग्याँस रहेको अध्ययनले देखाए पनि अझै प्रयोगमा आउन सकेको छैन ।

भारतीय नाकावन्दीताका ईन्धन खानी अन्वेषणमा जोडतोडका साथ लागेको सरकार अहिले भने सुस्त छ ।

फलस्वरुप उपत्यकामै पहिचान भएका तथा पुर्वाधार भएका खानी समेत अलपत्र अवस्थामा रहेका छन । काठमाडौ उपत्यका भित्रै जमिनमुनीको ग्याँस निकालेर खाना पकाउने गरीएको सुन्दा अचम्म लाग्न सक्छ ।

तर अब अचम्म नमान्नुस, काठमाडौका केही ठाँउमा जमिनमुनीको प्राकृतिक ग्याँसबाट खाना पाक्ने गरेको छ ।

ललितपुरको कुपन्डोलस्थित बिमा समितिको कार्यालयको क्यान्टिनमा बर्षौ अघिदेखि प्राकृतिक मिथेन ग्याँसबाट खाना पकाउने गरिएको छ ।

बीमा समितिको हातामा क्यान्टिन चलाउदै आएका वुद्ध खड्गी हरेक दिन जमिनमुनीको प्राकृतिक मिथेन ग्याँसबाट खाजा पकाउछन ।

खानी तथा भूगर्भ विभागले २०३६ सालदेखि ५३ सालसम्म गरेको अध्ययन अनुसार काठमाडौंको २६ वर्ग किमी क्षेत्रफल भित्र ३१ करोड घनमिटर मिथेन ग्याँसको भण्डार रहेको छ ।

यति परिणामको ग्याँसले औषतमा ५ सदस्य रहेको २० हजार परिवारलाई ५० बर्षसम्म भान्छामा प्रयोग गर्न पुग्ने अनुमान गरिएको थियो ।

तर सरकारको यसमा ध्यान दिन सकेको छैन । फलस्वरुप ललितपुरको इमाडोल, काठमाडौंको टेकु लगायतका पहिचान भईसकेका ग्याँस खानी समेत अलपत्र अवस्थामा छन ।

ललितपुरको इमाडोलमा उत्खनन् गरिएको ग्याँस सिलिन्डरमा भर्न नमिल्ने तथा पाइपलाइनबाट बितरण गर्न असुरक्षित हुने भएकाले खानी तथा भूगर्भ विभागले त्यसबाट बिजुली निकाल्ने बिकल्पबारे अध्ययन गर्ने वताएको छ ।

तर विद्युत निकाल्ने विकल्पबारेको यो स्थान वाख्रा चरणस्थलमा परिणत भएको छ । जापानको सहयोगमा ग्यास प्लान्ट स्थापना भई केहि समय ग्याँस उत्पादन समेत गरिएको टेकु स्थित प्लँन्टमा खिया लागेको छ ।

तर यसकै छेउमै प्राकृतीक ग्यास निस्किरहेको छ । तर खानी तथा भुगर्भ विभाग भने काम भइरहेको दावी गर्छ ।

भौगर्भिक अध्ययन अनुसार काठमाडौको टेकु त्रिपुरेश्वर, कोटेश्वर तिनकुने, मनहरा, इमाडोल, भक्तपुरको कौसलटार लोकन्थली क्षेत्रमा प्राकृतिक मिथेन ग्याँसको भण्डार छ ।

तर यसको उत्खननमा ठोस पहल नहुनुलाई सरकारको समृद्धिका नारा उसैको मनचिन्ते झोलाजस्तो बनेको छ ।