ग्रान्डी अस्पतालको ठगी धन्दा कायमै, हेलिकप्टर सेवाका नाममा यसरी ठगिन्छन् विरामी

title
सोमवार, साउन २८, २०७५

काठमाडौं । राजधानीमा नाम कहिलएको एउटा अस्पताल – ग्रान्डी इन्टरनेशनल अस्पताल । जसले विभिन्न बहानामा सोझा साझा विरामीलाई ठग्ने गरेको रहस्य उजागर भएको छ । विरामीलाई हेलिकप्टर सहितको सम्पुर्ण सेवा दिने भन्दै प्रचार गरिरहेको अस्पतालले हेलिकप्टरबाट विरामी नै नबोकी रकम अशुलेको उजागर भएको हो ।

यस्तो छ घटना
साउन १३ गत दिउँसो दाङ घोराहीकी ५५ बर्षिया रुद्रा पुनलाई एक्कासी हृदयघात भयो । उनलाई आफन्तले तत्काल घोराहीमा रहेको अस्पतालमा पुर्‍याए पनि उपचार संभव नभएपछि कि त काठमाडौं कि त भारत तर्फ लैजानुपर्ने अवस्था आयो । अनि परिवारले तत्काल काठमाडौंको ग्रान्डी अस्पतालमा सम्पर्क गरे । अस्पतालले तत्काल नबिल बैंकको खातामा साढे चार लाख जम्मा गर्न भन्यो । विरामीका आफन्तले पनि तत्काल भने बमोजिम रकम जम्मा गरिदिए । तर पैसा तिरेपनि हेलिकप्टर विरामी लिन दाङ गएन । अस्पतालका कर्मचारीले मौसमका कारण हेलिकप्टर दाङ जान नसकेर पोखरामा अवतरण गरेको जवाफ दिए । विरामीका आफन्त विकास पुनका अनुसार, विरामीको अवस्था नाजुक हुँदै गएकाले तत्काल एम्बुलेन्स बोलाएर रातारात काठमाडौं मै रहेको नर्भिक अस्पताल पुर्‍याए ।

ग्रान्डीले यसरी ठग्यो विरामी
विरामीको अवस्थामा सुधार आएपछि आफन्तहरु हेलिकप्टरको लागि जम्मा गरेको साढे चार लाख लिन ग्रान्डी अस्पतालमा सम्पर्क गरे । तर अस्पतालले उनिहरुलाई धेरै झुलाएर साउन १६ गते, साढे चार लाखबाट १ लाख ८० हजार रकम कटाएर २ लाख ७० हजार मात्र फिर्ता दियो । अब प्रश्न उठ्छ, बिरामी लिनै नपुगेको हेलिकप्टरको के आधारमा १ लाख ८० हजार रकम कटाइयो ? अस्पतालले ठग्ने उद्देश्यले हेलिकप्टर नपठाई बाध्यतामा परेका बिरामीलाई भावानात्मक रुपमा लुटेको विरामीका आफन्तको आरोप छ । यता ग्रान्डी अस्पतालका सञ्चार तथा जनसम्पर्क अधिकृत रहेका बिनोद अधिकारीले भने हेलिकप्टर उडेपछि बिरामिलाई नभेटेपनि बिरामिले नै रकम तिर्नुपर्ने बताए । एयर डाइनेष्टी हेलिकप्टर कम्पनिका सहायक ब्यवस्थापक भरत डि सुब्बा भने यो विषयमा प्रतिक्रिया दिन मानेनन । यो घटनालाई उपभोक्ता अधिकारकर्मी शहदेव गौतम ग्रान्डीको सरासर ठगी भएको बताउँछन् ।


सरकारी नियमक निकाय, बाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचन उपभोक्ता ठग्ने, वा ठग्ने नियतले काम गर्ने कुनै पनि ब्यक्ति वा संस्था भएपनि उजुरी आएपछि अनुगमन गरी कारबाहि गर्ने बताउँछन् । यसरी एउटा नाम कहलिएको अस्पताल र हेलिकप्टर कम्पनि मिलेर एकजना निर्देश विरामी ठगीएको यो घटना त प्रतिनिधीमुलक उदाहारण मात्र हो । यस अघि पनि कति ठगी भएको थियो त्यसको समेत खोजिनीति हुनुपर्छ । कुनैपनि बहानामा कसैले कसैलाई ठग्ने छुट छैन । पैसा र पहुँचका आडमा विरामी सँग मनलागी मच्चाउने यस्ता अस्पताल कारवाहीको दायरामा आउनैपर्छ ।