
अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव भएसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ ।
सोमबारको तुलनामा आज सुन र चाँदीको मूल्यमा केही गिरावट भएको छ । आज सुन प्रतितोलामा रू एक हजारले घटेर रू एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको मूल्यमा पनि प्रतितोला रू ३० ले गिरावट भएको छ । आज चाँदी प्रतितोला १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । सोही परिमाणको चाँदी सोमबार रू एक हजार सात सय ९५ मा कारोबार भएको थियो ।