घांडो भयो ईम्बोस्ड नम्बर प्लेट!

title
सोमवार, माघ ७, २०७५

सोनी शाही । सवारी साधनलाई व्यवस्थित गर्नका निमित्त ल्याईएको इम्बोस्ड नम्बर प्लेट अहिले अलपत्र अवस्थामा छ । बढ्दो सवारी चाप र सवारी चोरी नियन्त्रणका लागि प्रयोगमा ल्याईएको बिद्युतीय प्रविधि मैत्री इम्बोस्ड नम्बरप्लेट उचित पुर्वाधार तथा पर्यापत तयारी नपुग्दा अलपत्र परेको हो ।

त्यसोत, धातुको प्लेटमा यान्त्रिक प्रविधिबाट सवारी साधनको अंक र अक्षर राखिने प्रणाली अर्थात इम्बोस्ड नम्बर प्लेट कार्यान्वयनमा समस्या देखिएको छ । हाल सवारीसाधनमा प्रचलनमा रहेको भन्दा फरक स्वरुपमा जडान हुने इम्बोस्ड नम्बर प्लेटको अक्ष्ँर र अंक प्लेटको सतहभन्दा माथि उठेको हुन्छ । आधुनिक हुनुका साथै सुरक्षित पनि मानिएको यो नम्बरप्लेट बिश्वका धेै विकसित मुलुकमा प्रचलनमा छन् ।

जसबाट सवारी साधनको सुरक्षा र नम्बर प्लेतमा जडान हुने रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेशनका आधारमा कुन सवारी कहाँ छ भन्ने सहजै पत्ता लाग्छ । तर पर्याप्त गृहकार्य नै नगरि हतार हतार भित्र्याइएको नयाँ प्रविधिका लागि न आवाश्यक उपकरण जडान गरिएको छ न प्रयोग गरेकाहरुको विवरण नै दुरुस्त छ । बरु उल्टै सर्वसाधारणमा अन्यौल श्रृजना भईरहेको छ ।

पहिलो चरणमा प्रदेश ३ अन्तर्गत् बाग्मती अञ्चलमा दर्ता भएका सवारी साधनमा जडान सुरु गरिएको यस्तो नंवर प्लेटमा प्रयोग गरिएको भाषा माथिको बिबाद नै हटेको छैन । नेपाली भाषायुक्त नंवर प्लेट अध्यन गर्ने सफ्ट्वेयर बिकास भएको छैन भने अंग्रेजी भाषा मात्र प्रयोग गर्दा राष्ट्रिय भाषा माथि अतिक्रमण भयो भन्ने विवाद उछालीएको छ । यसैको परिणाम यसको विस्तारमा थप समस्या पैदा भएको हो । जुन विवाद अहिले सर्वोच्च अदालतमा बिचाराधिन छ ।

साथै आवाश्यक प्रविधि र अनुगमन प्रणाली बिकास नगरि जडान सुरु गरिंदा नम्बरप्लेट जडान नै खर्चिलो सावित भयो । यो प्रविधि अन्तर्गतको नंवर प्लेट राख्दा मोटरसाइकलका लागि २५ सय, तीन पांग्रे सवारीका लागि २९ सय, चार पांग्रेका लागि ३२ सय र ठूला सवारीका लागि ३६ सय शुल्क उठाइएको छ ।

तर पनि यातायात क्षेत्रमा देखिएका समस्या, चोरीका घटना, दुर्घटना गराएर भाग्ने तथा लामो समयसम्म राजश्व नतिर्ने जस्ता समस्या समाधानका लागि इम्बोस्ड नम्बरप्लेट निकै बैज्ञानीक ठानीएको छ । जुन एक पटक जडान गरेपछि १० वर्ष सम्म परिवर्तन गर्नुपर्दैन र सवारी साधन चोरी भएमा प्लेटमा जडित् प्रणाली र प्रविधि मार्फत सजिलै गाडी कहां छ भन्ने पत्ता लगाउन सकिन्छ । तर यसका निम्ति न आवश्यक पुर्वाधार बनेको छ न प्रविधि नै भित्रिएको छ ।