घुस लिदै गर्दा सरकारी बकिल पक्राउ

title
मङ्लबार, मंसिर ४, २०७५

रुपन्देही । अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय वुटवलले जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका न्यायधिवक्ता कोषहरी निरौलालाई घुस लिदै गर्दा पक्राउ गरेको छ ।

आज विहान ११ बजे सरकारी वकिलको कार्यालयमा सेवाग्राहीसंग घुस लिंदै गर्दा निरौलालाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

उनले ८० हजार रुपैया घुस लिएर कार्यकक्षमा नै गनिरहेको बेला अख्तियार दुरुपयोग अनुसन्धानको कार्यालय वुटवलको टोलिले पक्राउ गरेको हो ।