जोडिनुहोस
मङ्लबार, फाल्गुन २०, २०८१
मङ्लबार, फाल्गुन २०, २०८१
  • होमपेज
  • ङादी ग्रुप पावरको सेयर लिलामी खुला

ङादी ग्रुप पावरको सेयर लिलामी खुला

काठमाडौ। ङादी ग्रुप पावरले आजदेखि ८ लाख ७३ हजार ६१.२२५ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ ।

कम्पनीले सर्वसाधारण समूहको यो सेयर लिलाममा बिक्री गर्न लागेको हो । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुन सक्नेछन् ।

यसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद फागु २८ गतेसम्म रहेको छ । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ ।

यसअघि कम्पनीले १०० प्रतिशत (१ करोड ८५ लाख १२ हजार ७९२.२२५ कित्ता) हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो ।

यसमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नारायणचौर नक्साल, काठमाडौं सिद्धार्थ बैंकको विराटनगर, बिर्तामोड, विरगञ्ज, जनकपुर र हेटौडा शाखाबाट आवेदन दिन सकिनेछ ।

त्यसैगरी, सिद्धार्थ बैंककै नारायणगढ, पोखरा, बाग्लुुङ, बुटवल, घोराही, नेपालगञ्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिनेछ ।

धेरै टिप्पणी गरिएका