चनाखो रहन सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

title
मङ्लबार, माघ २९, २०७५

काठमाडौ । गृहमन्त्री रामबहादुर थापाले संविधान विरोधी गतिविधि संञ्चालन भईरहेको भन्दै चनाखो रहन सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा मङ्गलवार आयोजित प्रहरी निरीक्षक आधारभूत तालिम १ सय ७८औं समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले राजनीतिको नाममा धमिलो पानीमा माछा मार्ने काम भईरहेको भन्दै त्यस तर्फ सचेत हुन प्रहरी संगठनलाई निर्देशन दिनुभएको हो ।

उहाँले संविधानको मर्म विपरित र मुलुकलाई विखण्डन पार्ने गतिविधि सरकारलाई सैह्य नहुने भन्दै राजनीतिका नाममा हुने अपराधका अतिरञ्जित प्रवृत्ति रोकिनुपर्ने बताउनुभयो ।

उहाँले प्रहरी संगठन भित्र राजनीतिक प्रभाव नरहेको दाबी पनि गर्नुभयो । नीतिगत रुपमा गरिने निर्णय बाहेक कार्यगत तह र पेशागत रुपमा कानूनको सर्वोच्चतामा नै प्रहरी संठन क्रियाशिल हुन पाउनुपर्ने उहाँले स्पष्ट पार्नुभयो । काम गर्न नसक्दा अपजसमा दवाब र प्रभावलाई बहाना नबनाउन पनि उहाँले सुझाव दिनुभयो ।