चन्द नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएर सरकारले गल्ती गर्यो : बाबुराम भट्टराई

title
सोमवार, चैत्र ४, २०७५

काठमाडौ । नयाँ शक्ति पार्टी नेपालले सरकारले हतारोमा चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाएको आरोप लगाएको छ ।

सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले प्रतिवन्ध सरकारले हतारोमा गरिएको अराजनीतिक र अपरिपक्व निर्णय भएको बताउनुभयो । उहाँले विप्लव समूहलाई वैचारिक राजनीतिक ढंगले जनताबाट एक्ल्याउनुपर्नेमा प्रतिबन्ध लगाएर सरकारले गल्ती गरेको बताउनुभयो ।

त्यस्तै उहाँले संसदीय व्यवस्थामा प्रधानमन्त्रीले सबै अधिकार आफूमा केन्द्रित गर्न नहुने बताउनुभयो । एकल निर्णयले सेना परिचालन गर्ने व्यवस्था गरिएको विधेयकमाथि समेत उहाँले प्रश्न उठाउनुभयो । त्यस्तै टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय सुनाइएका रेशम चौधरीलाई अविलम्ब रिहा गर्न पनि उहाँले माग गर्नुभयो ।

नयाँ शक्ति पार्टीले सिके राउत निःशर्त आफ्ना पूर्व मान्यता र अडानलाई परित्याग गर्न तत्पर भएका हुन् भने राजनीतिक मुलधारमा आउनु स्वागतयोग्य भएको भन्दै तर सम्झौतामा उल्लेखित शब्दको भावना र घटनाक्रम त्यस्तो नदेखिएको बताएको छ ।