‘रोजी’ र ‘रामकहानी’ एकै दिन भिड्नुको भित्री रहस्य यस्तो

title
शुक्रबार, भदौ ८, २०७५

काठमाडौं । सुदर्शन थापाको निर्देशनमा बनेको फिल्म ‘रामकहानी’ भदौ २२ बाट दर्शकमाझ आउँदै छ । यही मितिमा अर्का निर्देशक निरक पौडेलको चलचित्र रोजी पनि प्रदर्शनमा आउने भएपछि चलचित्रवृत्तमा विभिन्न तर्क उब्जिएका छन् ।

त्यसो त चलचित्र रोजीको नाम परिवर्तन गरेर निर्माण पक्षले अहिले ‘रोज’ बनाएको छ । चलचित्रको छायांकन देखि नै विभिन्न लफडाबाजी भोगेपछि निर्माण पक्षले प्रदर्शनको मुखमा आएर चलचित्रको नाम ‘रोज’ बनाएको हो ।

आजको साथी भोलिको दुश्मन हुन कुनै समय लाग्दैन भन्ने वाक्यलाई यी दुई चलचित्रको भिडन्तले केही हदसम्म पुष्टि पनि गरेको छ । हुनत, एउटै मितिमा २ चलचित्र आउनु हुँदैन भन्ने चाहि होयन । तर, ‘रामकहानी र रोजी’को भिडन्तको कथा केही फरक पनि छ ।

निर्देशक सुदर्शन थापासँगले नायक प्रदीप खड्कालाई चलचित्रमा एकाएक हिट बनाए । अहिले प्रदीप रामकहानीमा छैनन् । चलचित्र भिडाउनु एउटा कारण यो पनि रहेको बजारमा हल्ला छ । त्यस्तै, नायिका पूजा शर्मा र नायक प्रदिप खड्काको स्टारडमको लडाई पनि अर्को रहेको हुनसक्ने अनुमान गरिएको छ । किनकी, पूजा र प्रदिप एउटै चलचित्रबाट स्टार बनेका थिए । अहिले यी दुबै फरक फरक चलचित्रबाट दर्शकमाझ आउँदैछन् ।

यी दुई कारणभन्दा दुबै चलचित्रका निर्देशकबीचको ‘इगो’ पो हो कि भन्ने हरु पनि बजारमा भेटिन्छन् । निर्देशक सुदर्शन थापाले निर्देशन गरेको चलचित्र ‘मेरो एउटा साथी छ’ र निरक पौडेलले निर्देशन गरेको चलचित्र ‘कुसुमे रुमाल २’ एकैदिनमा रिलिज भएका थिए । सुदर्शन र निरक दुबैको डेब्यू चलचित्र बक्स अफिसमा आउँदा सुदर्शनले बाजी मारे । यता निरक पछारिए । सायद यो ‘इगो’लाई निरकले बदला लिन दाउ पो खोजेका हुन् कि भन्ने अर्को तर्क पछि छ ।

जसले जे भने पनि दुबै चलचित्रको भिडन्तमा न्याय दिलाउने भने दर्शक नै हुन् भन्ने कुरालाई पहिले निर्माण पक्षले बुझ्नु जरुरी हुन्छ । किनकी इश्र्या, दुस्मनी, रिस–रागले चलचित्र चल्ने होइन । चलचित्रको मेकिङ, कथावस्तु दर्शकले रुचारमा परिणाम हात लाग्ने हो । चलचित्रको परिणामले नै ठूलो अर्थ राख्छ भन्ने दुबै पक्षले बुझ्नु जरुरी हुन्छ ।

नेपाली चलचित्रको बजार ओरालो लागेको अवस्थामा यही मितिमा यी दुई चलचित्रका अलामा अन्य नेपाली चलचित्रको भिडन्त हुँदैछ । यसले समग्र चलचित्र क्षेत्रलाई नै असर गर्ने हो । त्यतिमात्र नभएर अलचित्रका अभिनेता र अभिनेत्री समेत त्यसको मारमा पर्ने निश्चित छ ।

चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा दुवै टोलीले प्रचार प्रसारलाई आक्रामक बनाएका छन् । चलचित्र रामप्यारीका हालै सार्वजनिक केही तस्बिरहरुले फिल्मप्रति थप कौतुहलता बढाइदिएको छ । प्रदर्शनको मुखमै निर्माण पक्षले चलचित्रको प्रचार प्रसारलाई पनि तीव्रता दिएको छ । कमेडी लभ स्टोरी जनराको फिल्म ‘रामकहानी’ मा पूजा शर्मा, आकाश श्रेष्ठ, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा मख्य भूमिकामा प्रस्तुत भएका छन् ।

यता रोजीमा प्रदीप अनुबन्ध भएसँगै यस फिल्मका हरेक गतिविधिमा दर्शकको चासो थियो । ‘प्रेमगीत’ का सिरिज र ‘लिलिबिली’ को सफलतापछि उनको क्रेज निकै बढेको छ । महँगो पारिश्रमिक लिएर ‘रोजी’ मा अनुबन्ध भएका प्रदीपले यसमा क्रिमिनलको भूमिका निर्वाह गरेका छन् । हालै रोजी निर्माण युनिटले चलचित्रको ट्रेलर समेत सार्वजनिक गरेको छ ।

‘रोजी’बाट नाम परिवर्तन ‘रोज’ राखिएको यस चलचित्रको बिहिबार राजधानीमा एक कार्यक्रमको बिच ट्रेलर समेत सार्वजनिक भयो । यस अघि सार्वजनिक ‘फूल होइन’बोलको गीतले बजारमा राम्रै चर्चा पाएसँगै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रमा नायक प्रदीप खड्काको रोमान्टिक अवतारदेखि क्रिमिनल लुक्ससम्म देख्न सकिन्छ । चलचित्रमा प्रदीप खड्का सगै कर्मा शाक्य, परमिता एल आर राणा, मिरुना मगर ,रविन्द्र खड्का, प्रकाश श्रेष्ठ, पल्पसा डंगोल लगायतका कलाकारहरुको अभिनय छ ।