चलचित्रभन्दा रूपकै बढी चर्चा

title
बुधबार, पुस १८, २०७५

काठमाडौं । गत बर्ष प्रदर्शनमा आएको चलचित्र ‘कृ’ मा अभिनय गरेकी अदिती बुढाथोकी अरु चलचित्रमा नदेखिए पनि चर्चामा छिन् । उनी चर्चामा रहनु उनको सुन्दरताको पनि एक कारण हो ।

‘कृ’ प्रदर्शन भए लगत्तै भारत गएकी अदितीले एभरेष्ट सूर्य बोहराले निर्देशन गर्ने चलचित्रमा काम गर्ने चर्चा सुरु भएको छ । ‘कृ’पछि खाली हात बसेकी अदितीले चलचित्र ‘हेल्लो जिन्दगी’ मा काम गर्ने चर्चा सुरु भएको हो । तर यस बारे निर्देशक बोहरा र अभिनेत्री अदितीले केही बोलेका छैनन् ।

फिल्मको केही दिनमै घोषणा गरिने जनाइएको छ । यद्यपि अदितीको हात ‘हेल्लो जिन्दगी’ परेको भने चर्चा छ । निर्देशक बोहराले आफ्नो फेसबुकमा अदिती सँगको एउटा तस्बिर पोष्ट परेका छन् ।

उक्त फोटोमा राखिएको क्याप्सनमा बोहराले अदितिको खुलेर तारिफ गरेका छन् । उक्त पोष्टले पनि अदिती बोहराको फिल्ममा अनुबन्धन भएको हुनसक्ने अनुमान लगाउन सकिन्छ ।