चलचित्र पसिनाको ट्रेलर सार्वजनिक

title
बुधबार, बैशाख ४, २०७६

काठमाडौँ । चलचित्र पसिनाको ट्रेलर सार्वजनिक भएको छ । काठमाडौँमा आज पत्रकार सम्मेलन गर्दै चलचित्र युनिटले ट्रेलर सार्वजनिक गरेको हो ।

ननस्टप क्रिएसनको व्यानरमा शान्ता ढकालले निर्माण गरेको यस चलचित्रमा आर बी खत्री ‘सरद’को कथा, पटकथा सम्वाद एवं निर्देशन रहेको छ ।

सामाजिक कथात्मक बताइएको चलचित्रमा गौरब पहाडी, अनु शाह, सरोज खनाल, रवि शाह, ध्रुव कोइराला, जयानन्द लामा लगाएतका कलाकारहरुले अभिनय गरेका छन् ।
पत्रकार सम्मेनलमा बोल्दै चलचित्रका निर्देशन सरदले सत्कर्ममा लगाइएको पसिनाले सबैको कल्याण गर्ने र यही कथाको सेरोफेरो चलचित्र पसिनाले पेश गर्ने बताए । चलचित्र पसिना बैशाख २७ गते देशैभर एकसाथ रिलिज हुँदैछ ।