चाडपर्वमा हानिकारक मिठाई!

title
मङ्लबार, अशोज २३, २०७५

काठमाडौं । सामान्य समयका तुलनामा चाडपर्वमा मिठाईको कारोबार बढ्छ । तर खरिदकर्ताको चापलाई कमाउने मौका बनाएका ब्यापारीहरुले मिठाइमा अनेकौं अखाद्य रंग मिसाउँदा उपभोक्ता स्वास्थ्य भने जोखिममा पर्दै गएको छ ।

स्वच्छ र गुणस्तरीय खाद्यवस्तु उपभोग गर्न पाउने अधिकार संविधानमै उल्लेख भइरहंदा उपभोक्ता भने मिठाईमा भएको मिसावटको मारमा छन । चाडपर्व नजिकिदै जाँदा खाद्य वस्तुको माग उच्च छ ।

अझ चाडबाडमा घरपरिवार तथा आफन्तकहाँ कोसेली पातको रुपमा मिठाइ लिएर जानेहरुका कारण यसको कारोबार ब्यापक भइरहेको छ ।

तर दुषित, न्युन गुणस्तर र मिसावटयुक्त मिठाईको बिगविगी र त्यसको प्रयोगले सर्वसाधारणको स्वास्थ्य जोखिममा पर्दै गएको चिकित्सकहरु बताउछन ।

मिठाईमा खुवाको खपत बढी हुने भएकोले उपभोक्ताको मागलाई धान्न र बढी मुनाफा कमाउ“न खुवामा आरारोट, उसिनेको आलु र सुजी मिसाइने गरेको पटक÷पटकका बजार अनुगमनबाट रहस्योद्घाटन भएका छन ।

जसका कारण पेट दुख्ने, पखाला लाग्ने, अपच हुने, वान्ता आउने, हैजा लाग्नेसम्मको अवस्था आउने चिकित्सकहरु बताउँछन ।

मिश्रित रंग वा दुषित घिउ तथा तेलको प्रयोगले रक्तकोषीकाहरु विशाक्त भई शरीरमा रगत कम हुने, रोगसँग लड्ने क्षमता घट्ने कलेजो, मुटु, मृगौला, कमजोर भई दिर्घ रोगसम्म निम्तन सक्ने भएकाले सचेत रहन चिकित्सहरु सुझाउँछन ।

चाडपर्ब नजिकिएसँगै अनेकौं रंग मिसावट गरेर सडक पेटि नै छेक्ने गरी राखिएका मिठाइमा धुलोधुवाका कण मिसिदा गुणस्तर खस्किने गरेको अनुगमन रिपोर्टहरुले देखाएका छन ।

अझ चाडबाडलाई कमाउने मौका ठानेका ब्यापारिले सरसफाईमा ध्यान नदिई झिंगा, सांला, किरा आदी मरेकै अवस्थामा समेत मिठाइ बनाउने तथा विक्री गर्ने क्रम नरोक्दा उपभोक्ता स्वास्थ्य कमजोर बन्दै गएको छ ।

तर खाद्य प्रविधी तथा गुण नियन्त्रण विभाग भने दिनानुदिन भइरहेको अनुगमन तथा प्रभावकारीताले पछिल्ला दिनमा मिसावट कम हुदै गएको दावी गरिरहेको छ ।

तर उपभोक्ता अधिकारकर्मीहरु भने मिठाईलाई गुलियो र आकर्षक बनाउँन साकारिन, तपक जस्ता अखाद्य रसायन प्रयोग भइरहेको उदाहरण दिदै सरकारी अनुगमन औपचारिकता पूरा गर्ने ढर्रामा सिमित भएको टिप्पणी गर्छन ।