चार अभिनेत्रीको चर्चा: कसैको बोलचाल नै बन्द, केहीले बढाए सामिप्यता

title
सोमवार, अशोज १, २०७५

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा कलाकारहरुबीच विभिन्न दुस्मनी तथा रिसरागका विषयले वेलाबखत चर्चा पाउने गरेको छन् । हुन त एउटै क्षेत्रमा काम गर्दा मनमुटाव हुनु ठूलो कुरा होइन र तर साना तिना कुराहरुबाटै उनीहरुबीचको सम्बन्ध पानी बाराबारको स्थितिमा पुग्नु भने दुखद् पक्ष हो ।

रीस र आपसी दुस्मनीका कैयौं उदाहरण विगतदेखि वर्तमानसम्म देखिदै आएको पाइन्छ । हाल अभिनेत्री द्वय आँचल शर्मा र पूजा शर्माबीचको सम्बन्ध पनि पानीबारबारको जस्तै छ । यही प्रसंगले चलचित्र बजारमा निकै चर्चा पाएको छ । विभिन्न पत्रपत्रिका तथा मिडियाका लागि मसाला नै बनेको छ । केही समय अगाडिसम्म उनीहरुबीचको मित्रता निकै नै नजिक रहेको देख्न पाइन्थ्यो । तर अहिले ठिक विपरित छ ।

पछिल्लो पटक जापान जानेक्रममा पनि यी दुई अभिनेत्रीको अवस्था विमानस्थलमा छर्लङ्ग भएको थियो । विमानस्थलमा उनीहरु बोलचाल गर्न तयार देखिएनन् । उनीहरुले एक अर्कालाई वास्ता पनि गरेनन् । आँचल र पूजाको सम्बन्ध अभिनेता पल शाहसँग पूजाले फिल्म खेलेपछि बिग्रेको बजारमा चर्चा छ ।

त्यतिमात्र नभएर रामकहानी चलचित्र प्रदर्शनको समयमा पूजालाई आँचलले कटाक्ष गरेपछि उनीहरुबीच फेसबुक र मिडियामा ‘वाक युद्व’ नै चलेको थियो । वास्तवमा रिस रागले कसैलाई माथि पु¥याउने होइन । उनीहरु दुवैले बेलामै बुझ्नुपर्ने कुरा हो । कामना गरौं उनीहरुको स्थिति पहिलेको जस्तै बनोस् ।

यो त भयो दुस्मनीको कुरा । अब सम्बन्ध सुधारको सम्बन्ध प्रसंग जोडौं । अभिनत्री साम्राज्ञी राज्यलक्ष्मी शाह निकै नै कम मात्रामा अरु अभिनेत्रीसँगको सामिप्यतामा रहन्छिन् । यो सवैले देखेकै हो । अहिले उनी अभिनेत्री बर्षा राउतसँग निकै नजिक देखिएकी छन् । हाल दुई अभिनेत्री ‘सूर्य अवार्ड’ का लागि जापान पुगेका थिए ।

सामाजिक सञ्जालमा औधि सक्रिय रहने साम्राज्ञीले आफ्नो फेसबुक तथा इन्स्ट्रामा प्रायः आफ्ना मात्र तस्बिरहरु शेयर गरिरहेकी हुन्थिन तर यी दुई अभिनेत्रीका माहोल तताएका छन् । जसले उनीहरुमा सन्निकटताको अभाष भएको छ । सार्वजनिक तस्विरमा उनीहरु सेल्फीमा रमाएका छन् ।