चार महिनादेखि बन्द कोलम्बियासँगको सीमा भेनेजुएलाबाट खुल्ला

title
आइतवार, जेष्ठ २६, २०७६

एजेन्सी । भेनेजुएला सरकारले चार महिनापछि कोलम्बियासंगको सीमा नाका खोलेको छ ।

गत फेब्रुअरीमा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले विपक्षीको प्रदर्शनमा सिमा क्षेत्रबाट घुषपैठ हुन थालेको भन्दै सीमा बन्द गरेका थिए । सडकबाटै आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेका विपक्षी नेता हुँवा गोइदोको सहायताका लागि अमेरिका लगायतका देशले कोलम्वीयासंगको सीमा प्रयोग गरेका थिए ।

भेनेजुएला लामो समयदेखि आर्थिक संकटबाट गुज्रिरहेको छ । सहायताका निम्ति अमेरिका लगायतका युरोपेली मुलुकले विपक्षी नेता हुँवा गोइदोको सत्ताले बैधानीकता पाउनुपर्ने शर्त राखेका छन् । तर, निर्वाचीत् राष्ट्रपति मदुरोले कुनै हालतमा बैदेशीक हस्तक्षप स्विकार गर्न नसक्ने भन्दै सीमा नाकामा कडाई गरिरहेका छन् । विपक्षी नेताको आह्वानमा अमेरिका लगायत युरोपेली मुलुकले मानवीय सहायता बोकेका गाडि कोलम्बियाको कुकुतासम्म पुर्‍याए पनि भेनेजुएला भित्रन पाएको छैन ।

सीमा बन्द भएपछि लाखौं भेनेजुयाली नागरिक उपभोग्य सामान खरिद गर्नबाट समेत बञ्चित भएको र कडा सुरक्षा निगरानीका बीच, सीमा खुला गरिएको भेनेजुएलाका सरकारले जनाएको छ ।

भेनेजुएलामा आर्थिक संकट चर्कीएपछि ४ बर्षको अवधीमा ४० लाख भेनेजुयाली नागरिक विस्थापित भएको तथ्यांक छ ।