चालू आर्थिक वर्षमा आर्थिक वृद्धिदर ६ दशमलव ८१ प्रतिशत हुने प्रक्षेपण

title
शनिबार, बैशाख १४, २०७६

काठमाडौ । चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ६ दशमलव ८१ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।

केन्द्रीय तथ्याङ्क विभागले शुक्रबार काठमाडौमा ‘आर्थिक वर्ष २०७५/७६ को राष्ट्रिय लेखा तथ्याङ्क’ सार्वजनिक गर्दे चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर ६ दशमलव ८१ प्रतिशत हुने प्रक्षेपण गरेको जानकारी दिएको हो । सरकारले भने चालू आर्थिक वर्षमा आठ प्रतिशत बढी आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो ।

त्यस्तै चालू आर्थिक वर्षको कूल उत्पादनमा यस क्षेत्रले २७.५९ प्रतिशत योगदान दिएको प्रारम्भिक अनुमान गरिएको छ । आर्थिक वर्ष २०७४/७५ को तुलनामा चालू आवमा यस क्षेत्रको कूल मूल्य अभिवृद्धि वृद्धिदर स्थिर मूल्यमा ५ दशमलव १० प्रतिशत हुने अनुमान गरिएको विभागले जनाएको छ । ऊर्जा, क्षेत्रको विस्तार, पुनःनिर्माण तथा अन्य निर्माण कार्यको तीव्रता औद्योगिक क्षेत्रमा भएको वृद्धिलगायत कारण यस क्षेत्रको प्रगति भएको बिभागले जनाएको छ ।

चालू आवको कूल गार्हस्थ उत्पादनमा यस क्षेत्रले ५७ दशमलव ८१ प्रतिशत योगदान दिएका छन् । विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रतिव्यक्ति आयमा ३० अमेरिकी डलरले वृद्धि भएको पाइएको छ । त्यस्तै नेपालमा काम गर्न सक्ने जनसंख्यामध्ये नौ लाख बरोजगार भएको पाइएको छ । कुल श्रम गर्ने उमेर समूहमा ८० लाख नागरिक मध्ये ७१ लाख रोजगार देखिएको बिभागको भनाई छ ।

विभागका अनुसार चालू मूल्यअनुसार कूल उत्पादन आधारभूत मूल्यमा रु ४७ खर्ब ९६ अर्ब ५१ करोड रहेको छ । यस्तै कूल गार्हस्थ उत्पादनमा प्रदेश नं ३ को योगदान सबैभन्दा बढी रहेको छ भने कर्णाली प्रदेशको योगदान असाध्यै कम रहेको पाइएको छ ।