चिकित्सा शिक्षा विधेयक आजै संसद बैठकमा पेश हुने

title
शुक्रबार, साउन ११, २०७५

काठमाडौँ– संसद बैठक शुक्रबार दिउँसोका लागि बोलाइएको छ । साउन ३ गतेदेखि नेपाली कांग्रेसले डा. गोविन्द केसीका माग पूरा नभएसम्म अवरोध गर्ने बताएपछि स्थगित भएको थियो । दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, बिमा ऐन पेश गर्ने तयारी छ ।

विधेयक पेश भएपछि सैदान्तिक छलफल हुनेछ र संसोधनका लागि ७२ घण्टाको समय दिइने छ । बिहिबार डा. केसीसँग भएको सहमती अनुसार संसोधन प्रस्ताव दर्ता गर्ने तयारी छ ।

सरकारले बिहिबार राति ९ बुँदे सहमती गर्दै डा. केसीका सबै माग पुरा गर्ने प्रतिवद्धता जनाएको छ । सरकारको प्रतिवद्धतासँगै केसीले आमरण अनसन तोडेका छन् ।