
काठमाडौं। चितवनको जलविरेमा बस दुर्घटना भएको छ । गएराति गौरबाट काठमडौंतर्फ आइरहेको ना ६ ख १५५४ नम्बरको बस अनियन्त्रत भई चितवनको जलविरेस्थित पुलमा ठोक्किएर दुर्घटना भएको हो ।
राति साढे २ बजे भएको दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । पुलको रेलिङमा ठोक्किएर रोकिएकाले बस त्रिशूलीमा खस्नबाट जोगिएको थियो ।