चितवनको माडीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

title
शुक्रबार, भदौ ८, २०७५

चितवन । चितवनको माडीमा बाघको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । गोविन्देश्वर सामुदायीक वनमा गाइबस्तु चराउन गएका माडी नगरपालिका ९ अध्योध्यापुरी कान्छि बगैका ५६ बर्षिय जितबहादुर राईको बाघको आक्रमणबाट मृत्यु भएको हो ।

हिजो (विहिवार) देखि हराएका राईलाई खोज्दै जाँदा स्थानीयबासीले आज (शुक्रवार) विहान ११ बजे स्थानिय सामुदायीक वनमा फेला पारेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

मृतक राइको टाउको खुट्टा समेत बाघले लगेको प्रहरीले बताएको छ । माडीमा जंगली जनावरको आक्रमणले मानिसको मृत्यु हुनेक्रम रोकिएको छैन् ।