चितवनमा रमायो ‘द कार्टुन्ज क्रु’ टोली

title
शुक्रबार, अशोज २६, २०७५

चितवन । नेपालको चर्चित डान्स ग्रुप ‘द कार्टुन्ज क्रु’ टोली यतिबेला चितवनका रमणीय स्थानमा एउटा गीतको छायांकन गरिरहेको छ । टोली चितवन पुगेसँगै यो टोलीका फ्यानहरुले उनीहरुलाई घेरेर सेल्फीमा रमाएका छन् भने फ्यानहरुको मायाले टोली पनि निकै खुशी देखिएको छ ।

गायक भेषराज गौतमको आवाजमा रहेको ‘मुसु मुसु’ बोलको गीत सुटिङको लागि टोली चितवन पुगेको हो । गीतमा राजेन्द्र बजगाईको शब्द संगीत रहेको छ । दर्जनौ म्युजिक भिडियोमा अभिनय गरिसकेका गौतम पहिलो पटक गायकको रुपमा दर्शक श्रोताहरु माझ आउन लागेका हुन् ।

गीत गाउने रहर पहिलेदेखि नै भए पनि विभिन्न करणले सम्भव नभएको गौतमले बताए । यो गीत सँगै अब बिस्तारै यसलाई पेशाको रुपमा अघी बढाउने आफ्नो लक्ष्य रहेको गौतमले बताए । डान्सिङ प्याटर्नमा रहेको गीतको केही भाग सौरहामा सुटिङ गरिएको छ भने क्लिपपहरु कसरामा समेत लिइएको छ । गीतको भिडियोको छायांकन ज्ञानेन्द्र शर्माले गरिरहेका छन् ।

गायक भेषराज गौतमको आवाज रहेको गीत आफूहरुलाई धेरै नै मन परेको र यसमा हामीले राम्रो गर्न सक्छौ भन्ने लागेर नै काम गरेको कार्टुन्ज क्रु टोलीको भनाइ छ । गीतको भिडियो ‘दी कार्टुन्ज क्रु’ ले अहिलेसम्म गरेको भन्दा धेरै फरक रहेको निर्माण पक्षले जानकारी दिएको छ ।

त्यसो त कार्टुन्ज क्रु टोली पहिलो पटक चितवन पुगेको भने होइन, यस अघि पनि चितवन आएको भएता पनि सुटिङकै लागि भने पहिलो पटक त्यहा पुगेको ‘दी कार्टुन्ज क्रु’ का सरोज अधिकारी बताए । यस्तै क्रु कि सदस्य आश्मा विश्वकर्माले चितवनबासीको माया देखेर एकदमै खुशी लागेको बताइन् । ‘उहाँहरु हाम्रो सुटिङ स्थलमा आउनु हुन्छ, हामीलाई सुटको क्रममा केही आवश्यक प¥यो भने तुरुन्तै उपलब्ध गराइदिनु हुन्छ, यो देखेर एक दम खुशी लाग्यो,’ आश्माले भनिन् ।