
काठमाडौं : चितवन क्षेत्र नम्बर २ मा पनि उपनिर्वाचनको मतगणना सुरु भएको छ ।
इच्छाकामना गाउँपालिका वडा नम्बर १ र ३ बाट मतगणना सुरु भएको हो ।
दलहरूबीच सहमति नहुँदा मतगणना ढिलो गरी सुरु भएको हो। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठबीच मुख्य प्रतिस्पर्धा छ।