
चितवनमा पाटेबाघ मृत फेला परेको छ । भरतपुर महानगरपालिका–२७ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रअन्तर्गत हरियाली सामुदायिक वनमा आज सोमवार बिहान बाघ मृत फेला परेको हो ।
अन्दाजी छरसात वर्षको पोथी बाघ मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । बाघ एक आपसमा जुँधेर मरेको अनुमान गरिएको उहाँले बताउनुभयो । निकुञ्जको प्राविधिक टोलीले बाघ कसरा ल्याएर पोस्टमार्टमको तयारी गरेको छ ।
सन् २०२२ मा भएको गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा बाघ रहेका छन् ।