
चितवन– चितवन-२ को उपनिर्वाचनको मतगणना जारी छ । जारी मतगणनामा पछिल्लो मत परिणामका अनुसार नेकपा एमालेले सुरुवाती अग्रता लिएको छ ।
एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले ३६७ मतका साथ अग्र स्थान कायम गरेका हुन् । इच्छाकामना गाउँपालिका-१ को मतगणना हुँदा न्यौपानेले ३६७ मत पाएका छन् ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ३१९ मतसहित दोस्रो स्थानमा छन् भने कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले २४४ मत प्राप्त गरेका छन् ।