चितुवाको आक्रमणबाट बालकको ज्यान गयो

title
आइतवार, मंसिर १६, २०७५

नारायण खड्का

तनहुँ । तनहुँको भानु नगरपालिका २ स्थित ढलेबरमा शनिबार साझ चितुवाको आक्रमणमा परि एक बालकको ज्यान गएको छ ।

चितुवाको आक्रमणमा परि घाइते भएका १० वर्षीय अमृत गुरुङको उपचारका क्रम्मा डुम्रे स्थित लक्ष्मी अस्पतालमा ज्यान गएको हो ।

यस अघि चितुवाको आक्रमणका कारण भानुमा गत वर्ष एक जना र गत महिना एक जना गरि दुई बालकको ज्यान गैसकेको छ भने एक बालिका घाइते भएकी छन ।