
कञ्चनपुर –शुक्लाफाँटा नगरपालिका–११ मा पर्ने श्रीकृष्ण सामुदायिक वनमा आज चितुवा मृत अवस्थमा फेला परेको छ । सामुदायिक वनका सहसचिव अतुलबहादुर ऐरले अन्दाजी एक वर्ष उमेरको चितुवा मृत अवस्थामा फेला परेको हो ।
“सामुदायिक वनमा अन्य हिंसक जनावरको आक्रमणमा परी चितुवा मरेको जस्तो देखिएको छ”, उनले भने, “चितुवाको पेटभित्रका अङ्गहरु क्षतविक्षत अवस्थामा छन् ।” सरोकारवालाहरुको उपस्थितिमा चितुवालाई खाल्डो खनेर गाडिएको उनले बताए।