
काठमाण्डौका सडकका भित्ताहरु आकर्षक कलाकृतिले चिटिक्क देखिन थालेका छन् । काठमाण्डौ महानगरपालिकाले मौलिक कला, संस्कृति झल्काउने गरी भित्ताहरुमा चित्र बनाउने अभियान शुरु गरेको हो । भित्ताभरी थरीथरीका चित्र बनेपछि सुन्धारा क्षेत्र आकर्षक देखिन थालेको छ । वर्षौंको धुलो धुवाँ घामपानी सहेर जीर्ण भैसकेका भित्ताहरु अहिले ईन्द्रेणी रङ्गमा रङ्गिएका छन् ।