चिनले बनायो संसारकै ठूलो टेलिस्कोप, बढायो संसारभर निगरानी (फोटो फिचर)

title
सोमवार, भदौ १८, २०७५

बेइजिङ्ग । प्रविधिको विकासमा फड्को मार्ने मुलुकको अग्रपंक्तिमा चीन आउँछ नै । उसले विश्वमै नभएका अनौठा अनौठ चीज उत्पादन गर्दै विश्वलाई नै टक्कर दिइरहेको छ । ग्रेट वालकै कारण चीन विश्वमा परिचित छ ।

हालै तीन तले आकेसे पुल निर्माण गरेको चीनले अहिले पुनः यस्तै अनौठो र अचम्म लाग्दो संसारकै सवैभन्दा ठूलो दुरविन निर्माण गरेको समाचार सार्वजनिक भएको छ ।  आजको दुनियाँमा चीन विकास र प्रविधि र अर्थतन्त्रको हिसाबले तिव्र गतिमा अगाडि बढिरहेको छ ।

चीन संसारमा विकास र प्रविधिको हिसाबले अहिले अमेरिका जस्ता शक्ति राष्ट्रहरुलाई सजिलैं पछि छोड्न सक्ने ल्याकत राख्दैछ । उसले संसारमा नभएका विकास निर्माणका कामलाई सम्पन्न गरेर दुनियाँलाई चकित पारेको छ ।

चीनले दाबी गरेको संसारकै ठूलो दुरविन १८५ लाख डलरको लागतमा निर्माण गरिएको हो । यसमा झण्डैं  ४५०० प्यानलहरु जडान गरिएको चीनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । समाचार जनाइए अनुसार यसको क्षेत्रफल ३० वटा फुटबल मैंदानको भन्दा पनि ठूलो छ । यसको कुल क्षेत्रफल १।६ डायमिटर रहेको जनाइएको छ ।

संसारको सबैभन्दा ठुलो दुरविन अमेरिकासँग रहेको भए पनि चीनले भने आफूले निर्माण गरेको यो दुरविन सवैभन्दा ठूलो भएको दाबी गरेको छ । यसले निकै टाढा–टाढाको जानकारी लिन सकिने दाबी गरिएको छ ।